काठमाडौँ – नेपाल प्रहरीले दोलखाबाट ४ किलो सुन बरामद गरेको छ । चीनबाट तस्करी गरेर नेपाल ल्याइएको सुन प्रहरीले दोलखाको लामाबगरस्थित एक बारीमा लुकाइएको अवस्थामा फेला पारेको हो ।
त्यसरी सुन लुकाउने व्यक्ति पहिचान भइसकेको र हाल फरार रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय त्रिभुवन अन्र्तराष्ट्रिय एयरपोर्टको सुरक्षामा कडाई गरिएपछि तस्करहरुले उत्तरी नाकाको प्रयोग गर्दै चीनबाट सुन तस्करी गरिरहेको पाइएको छ ।
प्रहरीले केही दिनअघि चीनबाट उत्तर नाका हुँदै नेपाल ल्याइएको सुन रसुवा र दोलखाबाट बरामद गरेको थियो । दोलखामा यसअघि बुधबार र शक्रबार ७ किलो सुन बरामद भएको थियो ।