काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनमा एक्लै चुनाव गर्नेगरी तयारी गरिरहेको जनाएको छ ।


ADVERTISEMENT


आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरी तीन महिने अभियान सञ्चालन गरिरहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले समानुपातिकतर्फ आएको मत कम भएको अवस्थामा अभियानका क्रममा दोब्बर भन्दा मत बढाउने विश्वास पैदा भएको बताए । सापकोटाले अभियानकै क्रममा विधान सम्मेलनमा विधि विधान र पद्धती लगाएतमा बहस गर्ने र त्यसपछि विशेष महाविधेशन आयोजना गर्ने जानकारी दिए ।

माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै भन्दै उनले पार्टीमा पनि आकर्षण बढेको जिकिर गरे । सापकोटाले माओवादी नेतृत्वको सरकार मुलुकमा देखिएका समस्या समाधान गर्दै अघि बढेको बताए । सरकारले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ ।

प्रवक्ता शर्माले प्रधानमन्त्रीको चीन भ्रमणपछि नयाँ स्तरमा सम्बन्ध अघि बढेको जिकिर गरे ।