काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सामुदायिक विद्यालयका शिक्षकलाई राजनीतिबाट टाढा राख्नु अपरिहार्य रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक पेश गर्दै शिक्षामन्त्री राईले शिक्षकलाई राजनीतिबाट अलग राख्न विधेयक ल्याउनु परेको बताएका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘शिक्षकहरुलाई राजनीतिबाट टढा राख्नुपर्छ । मानिसको आस्था आफ्नो ठाउँमा छ, तर त्यो आस्थाका कारण पठनपाठन प्रभावित पार्नु हुँदैन । शिक्षाको गुणस्तरलाई प्रभावित पार्नुहुँदैन ।’ उनले शिक्षकले कुनै पार्टीको सदस्यता लिएर कसैकाविरुद्ध वा कसैका लागि भोट माग्ने काम गर्न नहुने कुराहरु विधेयकमा राखिएकाले सार्वजनिक शिक्षाको गुणस्तर सुध्रिने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


विद्यालय शिक्षा विधेयक बहुआयामिक रहेको दाबी गर्दै मन्त्री राईले शिक्षकका पेशागत हक, अधिकार र कर्तव्य सुनिश्चित गर्नेगरी अघि सारिएको बताए ।