काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न सरोकारवाला सवै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह उद्घाटन गर्दै श्रेष्ठले ट्राफिक व्यवस्थापनको समस्या समधान गर्न एउटा निकायले मात्रै नसक्ने भन्दै चालक र अन्य पक्ष समेत जिम्मेवार हुनुपर्ने बताए । ट्राफिक प्रहरी, महानगरपालीका, यातायात व्यवस्थापीका मिलेर एकीकृत योजना बनाएर नै अघि बढ्नुपर्ने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


श्रेष्ठले सार्वजनिक यातायातलाई सहज र सूलभ बनाएर निजि यातायातको प्रयोगलाई न्यूनिकरण गर्न सरकार गम्भीर रहेको धारणा राखे । सडक सुरक्षाका साथै ट्राफिक व्यवस्थापन गर्न नसके जनताको शान्ति सुरक्षामा समेत प्रश्न उठ्ने भएकाले ट्राफिक व्यवस्थापनको ठूलो महत्व रहेको उनले बताए । त्यस्तै उनले सडक सुरक्षालाई प्रभावकारी बनाउनका लागि सचेतना पनि उतिकै महत्वपूर्ण रहेको जिकिर गरे । गृहमन्त्री श्रेष्ठले ट्राफिक प्रहरीलाई वैैज्ञानिक रुपमा ट्राफिक व्यवस्थापनबारे जानकारी गराउनुपर्ने र ट्राफिक प्रहरीका लागि यसअघि भन्दा बढि प्रोत्साहन गर्ने गरि छलफल भइरहेको जानकारी दिए ।

कार्यक्रममा प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले उपत्यकाको चूनौतिको रुपमा रहेको ट्राफिक व्यवस्थापनका लागि सरोकारवालासंग सहकार्य गर्दै अघि बढ्ने जनाए । उनले सडक सुरक्षा न्यूनीकरण गर्न कुनै कसर बाँकी नराखी काम गर्ने प्रतिबद्वता जनाए । बढ्दो शहरीकरणका साथै सवारी साधनको बृद्धि भएपनि पूर्वाधारमा विकास नभएका कारण सडक दुर्घटना बढ्दै गएको उनले सुनाए ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० आयोजना गरिएको हो ।