काठमाडौँ — आपराधिक विश्वासघात आरोपमा पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना भएका छन् । उनलाई शुक्रबार राति ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।


ADVERTISEMENT


अभिनेता केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । रावायण नाम फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै चन्द्रकला कटवाल थापाले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् ।


ADVERTISEMENT

# # #