काठमाडौँ- एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


अध्यक्ष यादव गए राति २ः१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गरेको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम सकेर अध्यक्ष यादव यही असोज २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT

# # #