काठमाडौँ — नेपाल शिक्षक महासंघले शान्तिपूर्ण आन्दोलनमा भएको प्रहारी हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


ADVERTISEMENT


महासंघले बुधबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण विरोध, जुलुस, धर्ना र घेराउ गर्न पाउने पेसाकर्मीको संविधानप्रदत्त ट्रेड युनियन अधिकार माथिको हमला भएको ठहर गरेको छ ।


ADVERTISEMENT

# # #


अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘शिक्षक—कर्मचारीमाथि भएको यस दमनको हामी भर्त्सना गर्दछौं । निन्दनीय कार्य भएकाे छ । सबै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइते साथीहरुको सम्पूर्ण उपचारको प्रबन्ध गर्न तथा संवादद्वारा समस्या समाधान गर्न राज्य पक्षसँग आग्रह गर्दछौं ।’