काठमडौँ – नेपाल काठमाडौँमा जारी यू–१० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल पुग्न असफल भएको छ सोमबार पेनाल्टी सुटआउटमा भारतसँग पराजित भएसँगै नेपाल समूहचरणबाटै बाहिरिएको हो ।


ADVERTISEMENT


बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल पूरा समयमा १–१को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा भारतसँग नेपाल ३–२ ले हारेको हो ।


ADVERTISEMENT

# # #


खेलको २६औँ मिनेटमा गोल गर्दै भारतले अग्रता लिएको थियो । भारतका लागि गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका थिए ।

तर, ७४ औँ मिनेटमा नेपालका लागि दीपक थापा मगरको सहयोगमा समीर तामाङले गोल गरे पनि खेल १–१ को बराबरीमा पुगेको थियो । नेपाललाई हराएसँगै भारत प्रतियोगिताको फाइनल पुगेको छ । फाइनलमा भारतले उपाधिका लागि पाकिस्तानको समाना गर्नेछ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ‘ए’को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो भने भारत समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

यस्तै समूह ‘ए’को विजेता बनेको पाकिस्तान समूह ‘बी’को उपविजवेता भुटानलाई हराउँदै फाइनल पुगेको हो ।