काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ईःलाई दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ओलीले बालेनको घमण्ड बढेको संकेत गर्दै त्यसले बिगार्ने बताए ।


ADVERTISEMENT


सोमबार नेकपा एमाले बाग्मती प्रदेश प्रथम अधिवेशनमा अध्यक्ष ओलीले समस्या बल्झाएर कोही पनि सफल नहुने बताए ।


ADVERTISEMENT

# # #


ओलीले भने, ‘एक जनाले जोसँग सम्बन्धित विषय हो तिनका नेतासँग वार्ता गर्नुपर्ने भन्ने अभिव्यक्ति दिइरहेका छन् । तिनका नेता खोज्दै जानुपर्ने, वार्ता गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । द्वन्द्वले र घमण्डले मान्छेलाई बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन । हामीले हिंसामा लागेर उत्पात मचाइरहेको माओवादीलाई वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा ल्यायौं । विप्लव समूह यसरी नै हिंसामा लागेको थियो । उसलाई पनि शान्तिमा ल्यायौं ।’

उनले महानगरले जनतामाथि गरेको ज्यादतीलाई नियन्त्रण गर्नुपर्ने .र साना व्यवसायीलाई आफ्नो काम गर्न दिनुपर्ने बताए ।

विभिन्न माग राख्दै उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईःले वार्ताका लागि गरिएको आग्रह अस्वीकार गरेको भन्दै मेयर साहले यसमा राजनीतिक स्वार्थ जोडिएको हुनसक्ने आशंका रहेको बताएका थिए ।