काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उच्चस्तरीय छानविन आयोगको कार्यादेशकोबारेमा विवाद गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।


ADVERTISEMENT


प्रेस सेन्टर मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले आयोगको कार्यादेशका बारेमा कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु बसेर यसअघि नै टुङ्ग्याईसकेकोले अहिले विवाद गर्नुको औचित्य नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


गृहमन्त्री श्रेष्ठले सरकार सबै किसिमको भ्रष्टाचारका प्रकरणहरु छानबिन गर्न तयार भएर बसेको जिकिर गरे । उनले नेपाल कुनै पनि सैन्य रणनीतिमा संलग्न नहुने भएकाले इण्डो प्यासिफिक रणनीतिमा सामेल हुनै नसक्ने भन्दै भारतमा भईरहेको इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापतिको सहभागिता रहेको भन्ने आफुलाई जानकारी नभएको बताए । उनले माओवादी केन्द्र पहिचान सहितको संघीयताको पक्षमा रहेकाले जनताको चाहना अनुसार अघि बढ्ने धारणा राखे ।

उनले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारलाई पूर्णरुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताए ।