काठमाडौँ — नेपालकाे नागरिकता लिएको आरोपमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण–१० खरतरीका ५२ वर्षीय जागा चौधरी भनिने जग्गाप्रसाद जैसवाल छन् ।


ADVERTISEMENT

# # #


उनले रौतहटबाट २०६३ सालमा नागरिकता बनाउन खटिएको स्थलगत टोलीसमक्ष झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको प्रहरीले जनाएको छ । उनले रौतहटको साविकको सरमुजवा गाविस वडा नम्बर ९ बाट नेपाली नागरिकता लिएका थिए ।

प्रहरीका अनुसार नेपाली नागरिकताबाटै उनले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय गरिरहेका थिए । उनको साथमा भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएका सवारी चालक अनुमतिपत्रसहितका कागजात फेला परेको प्रहरीले जनाएको छ ।