काठमाडौँ — क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा फेरि पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार न्यायाधीश अभावका कारण मुद्दा स्थगित भएको हो ।


ADVERTISEMENT


यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराइ गरी गएको काठमाडौंको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग गरेको थियो ।


ADVERTISEMENT

# # #


आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजातसमेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेसी तोकिएको थियो ।

२०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७ पटक पेसी चढिसकेको छ ।