काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा दर्ता भएको शिक्षासम्बन्धी विधयेक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरु जायज रहेकाले सम्बोधन गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बर्तौलाले शिक्षकका माग समग्र सार्वजनिक शिक्षाप्रति नागरिकको भरोसा, विश्वसनियता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको बताएका हुन् । उनले नेपाल शिक्षक महासंघले उठाएका मागहरुलाई विधयेकको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्ने र त्यसको लागि सरकारले चाँडै प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘उहाँहरुले उठाउनुभएको संविधानसँग जोडिएका कतिपय विषयवस्तुहरुले भने थप छलफल र बहसको आवश्यकता महसुस गरेको छ । तर, निजामती सेवामाजस्तै शिक्षक सेवामा पनि समान सेवा सुविधाको व्यवस्था हुनुपर्ने, शिक्षकले पाउने उपचार खर्चलाई निरन्तरता दिनुपर्ने, शिक्षकलाई वर्षमा कम्तिमा एकपटक शैक्षिक अवलोकन भ्रमणको व्यवस्था हुनुपर्ने, योग्यता बढाउन शिक्षकहरुलाई अध्ययन बिदाको सुविधा हुनुपर्ने लगायतका विभिन्न मागहरु उपयुक्त ,जायज र न्याय संगत छन् ।’

उनले शिक्षकले उठाएका मागहरुले शिक्षकहरुको मात्रै हित नभई समग्र सार्वजनिक शिक्षाकै उज्यालो भविष्यका लागि नयाँ आयाम निर्माण गर्ने बर्तौलाको दाबी छ । नेपाल शिक्षक महासंघको आन्दोलन र उठाइएका मागहरुप्रति समर्थन त एक्यवद्धता रहेको उनले जनाएका छन् ।

यस्तै उनले विद्यार्थीहरुको पढ्न पाउने अधिकारप्रति पनि नेपाल शिक्षक महासंघले ध्यान पुर्याउनुपर्ने र सरकारले तत्काल वार्तामार्फत समस्या समाधान गर्नुपर्ने भन्दै उनले ध्यानाकर्षण समेत गराएका छन् ।