काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन् । देउवाको कार्यशैलीप्रति आलोचना गर्दै मंगलबार कोइरालाले देउवा निवास धुम्वाराही पुगेर कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।
शेखरसंगै उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियार पनि धुम्वाराही पुगेका थिए । देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका छन् ।
प्रदेशका कुनै पनि सरकार बनाउँदा छलफल नगरेको भन्दे शेखरले एकलौटी चल्ने भए नयाँ ढंगले आफू अगाडि चेतावनी समेत दिएका थिए । तर, शेखरको कुरा सुनिसकेपछि देउवाले आफू मिलाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान तयार रहेको बताएका छन् ।