काठमाडाैँ – टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदीले बाँकी कैद माफी पाएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी दिएका हुन् ।
टीकापुर नगरपालिका–४ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७मोतीपुरका हरिनारायण चौधरी र जानकी–७लट्कनियाका प्रदीप चौधरीले आम माफी पाएका हुन् । उनीहरु आज रिहा हुने छन्। उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेलमा थिए।
एक बालक र ७ प्रहरीसहित ८ जनाको ज्यान जाने गरि भएको टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरी पनि सरकारको निगाहमा कैद माफी पाएर रिहा भइसकेका छन् ।