काठमाडौँ – बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले भविष्यमा निष्काशन गर्ने हकप्रद शेयरको सम्बन्धमा परामर्श सेवासहित निष्काशन हुने हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्ध गर्ने गरी एनआईसी एशिया क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनीको तर्फबारेका छन् । उक्त सम्झौता अनुसार क्यापिटलले बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन प्रकृया अगाडि बढाउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ । यस्तै सम्बन्धित नियमनकारी निकायहरुमा हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउँदा आवश्यक पर्ने कागजातहरु र अन्य विवरण तयार गर्न सहजीकरण समेत गरिदिनेछ ।
हकप्रद शेयर निष्काशनसम्बन्धी व्यवस्था तथा विवरणहरु तयार गरी नेपाल धितोपत्र बोर्डमा “हकप्रद शेयर निष्काशन सम्बन्धी विवरण– पत्र’ स्वीकृतिको लागि पेश गर्ने लगायतका हकप्रद शेयर निष्काशन सम्बन्धी सम्पूर्ण कार्य क्यापिटलले गरिदिने भएको हो ।