कास्की— सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित भएका छन् । क्लवले फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन गर्दै आएको छ ।


ADVERTISEMENT


मोफसलमै उत्कृष्ट क्लबका रूपमा स्थापित  क्लबको शनिबार सम्पन्न १३औं अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


ADVERTISEMENT

# # #


क्लबको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा पुनः रामजीप्रसाद अधिकारी, सचिवमा टङ्कराज पौडेल, कोषाध्यक्षमा बिनु रानामगर, सहकोषाध्यक्षमा अशोक लालचल चयन भए ।

यसैगरी सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल रहेका छन् ।

सहारा क्लब फुटबल तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको छ । क्लबले सहारा एकेडेमी सञ्चालन गरी फुटबल खेलाडी उत्पादन गर्दै आएको छ ।