काठमाडौँ– नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर यतिबेला अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिएको छ ।


ADVERTISEMENT


उनको अन्तिम श्रद्वाञ्जलिका लागि विभिन्न पार्टीका शीर्ष नेता, कार्यकता तथा शुभेच्छुकहरु च्यासल पुगेका छन् । सोही क्रममा पार्टी कार्यालय पुगेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधान्मन्त्री डा बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना लगायतले नेम्वाङप्रति श्रद्वाञ्जलि अपण गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यसअघि पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन् । प्रतिनिधिसभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

तस्बिरमा हेरौँ :