काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कारसम्बन्धी मुद्दामा पीडित (गौशाला–२६)को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ ।


ADVERTISEMENT


बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजसालले गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउन आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


यो मुद्दाको अन्तिम सुनुवाई गरेर फैसला गर्न न्यायाधीशहरु पन्छिँदै आएका छन् । अन्तिम सुनुवाईका लागि यो मुद्दा गत भदौ १० गतेको न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलाशमा परको थियो । तर, हेर्न नभ्याइनेमा परेपछि आजका लागि पेशी तोक्दै अदालतले सन्दीपलाई एशिया कप क्रिकेट खेल्नका लागि पाकिस्तान र श्रीलङ्का जान अनुमति दिएको थियो । एशिया कप खेलेर फर्किसँगै मुद्दाको अन्तिम सुनुवाई आज सुरु भएको हो ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले सन्दीपविरुद्ध अघिल्लो वर्षको भदौ २१ गते गौशालामा उजुरी दिएकी थिइन् । उनले सन्दीपले आफूलाई भदौ ७ गते गौशालाको एक होटेलमा लगेर जबरजस्ती करणी गरेको दाबी गरेकी थिइन् ।

सोही अनुसार सन्दीप असोज २० गते पक्राउ परेर करिब ३ महिना पुर्पुक्षका लागि थुनामा गएका थिए । तर, जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा शर्तसहित रिहा गरेको थियो । त्यसपछि सन्दीपलाई सर्वोच्च अदालतले गत फागुन १५ गते विदेश गएर क्रिकेट खेल्ने अनुमति दिनुका साथै जिल्ला अदालत काठमाडौँलाई मुद्दाको चाँडो भन्दा चाँडो अन्तिम किनारा लगाउन निर्देशन दिएको थियो ।

तर, सर्वोच्चको आदेश आएको करिब ६ महिना बितिसक्दा पनि मुद्दाको अन्तिम किनाराको टुंगो लागेको छैन ।