काठमाडौँ — पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिँदा कम्तीमा १० जना घाइते भएका छन् । काठमाडौंको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा स्कुटर र जिपमाथि परेको थियो ।


ADVERTISEMENT


घाइते भएकामध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर पुर्‍याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ । सामान्य घाइते भएकालाई भने पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।


ADVERTISEMENT

# # #


घटना बारे थप अनुसन्धान भइरहेकाे महानगरीय प्रहरी प्रभाग काँडाघारीले बताएकाे छ ।