काठमाडौँ– उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा सहभागी हुन तराई–मधेस केन्द्रित दललाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


आज आयोजित काठमाडौँ महानगरपालिकाकोे तत्काल सुधारको कार्ययोजना सार्वजनिकीकरण समारोहमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले २० वर्षपछि हुन लागेको चुनावमा सबै नेपाली जनतालाई सक्रिय रुपमा सहभागी हुन आग्रह गरे। मन्त्री थापाले जनप्रतिनिधिलाई सबल, सक्षम र व्यवस्थित स्थानीत तह हस्तान्तरण गर्नका लागि तयार रहन स्थानीय तहलाई निर्देशन दिए ।


ADVERTISEMENT

# # #


उनले पुरातात्विक महत्व रहेको काठमाडौँका भवनलाई संरक्षण गर्न, बालमैत्री उद्यान निर्माण तथा बर्खाको समय सुरु हुनुभन्दा पहिले नै काठमाडौँको सडकको सबै खाल्डाखुल्डी पुर्न आग्रह गरे ।

कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले काठमाडौँसहित अन्य तीन महानगरपालिका हुने सबै काम विद्युतीय माध्यमबाट गर्दै नागरिकलाई छिटो सजिलो र प्रभावकारी सेवा दिन कर्मचारीलाई अनुरोध गरे।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले काठमाडौँ महानगरलाई छरितो नगरका रुपमा विकास गर्न खानेपानी, बिजुली, फोहोरमैला व्यवस्थापन, सुरक्षाको सुनिश्चिता जस्ता काममा ध्यान दिनुपर्नेमा जोड दिए।

यसैगरी कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले नगरवासीलाई अनुभूत हुने गरी काम गर्नाका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारे ।