काठमाडौँ– नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले सेवा विस्तारका क्रममा आजदेखि तेस्रो नयाँ विमान ‘ए’ ३२० थपेको छ ।


ADVERTISEMENT


व्यावसायिक उडान थालेको पहिलो वर्षमा नै उक्त कम्पनीले एकसय ५८ सिट क्षमताको उक्त विमान जर्मनीको ह्याम्बर्गबाट ल्याएको हो ।


ADVERTISEMENT

# # #


हिमालय एयरलायन्सले आज एक विज्ञप्ति निकालेर मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन यसै महिनादेखि दमाम, दुवई, हङकङ, दिल्ली, चेन्नाई, बैङ्कक, बेइजिङमा उडान गर्ने जनाएको छ । सो एअरलाइन्सले हाल कतारको दोहा, मलेसियाको क्वालालम्पुर र म्यान्माको याङगुनमा नियमित सिधा उडान गरिरहेको छ ।