काठमाडौँ – नेपाली सांगीतिक क्षेत्रको एक परिचित नाम हो, रकेश ओली । गीतसंगीतका विभिन्न विधाहरुमा आफ्नो स्वर, संगीत र संगीत संयोजन दिएर विगत २० वर्ष देखि अनवरत रुपमा नेपाली सांगीतिक जगतमा ओलीले महत्वपूर्ण योगदान दिइरहेका छन् ।


ADVERTISEMENT


उनै ओली ओलीको ‘मेरो संसार’ नामक सोलो एल्बम रिलिज भएको छ । उक्त एल्बममा ‘हिजोसम्म मलाई माया’, ‘आखिर टाढा जानेलाई’, ‘देउतालाई पनि नचढ्ने’, ‘माया गर्छु भने पनि’, जति हेरौँ, हेरीरहुँ’ लगायतका १२ वटा गीतहरु समावेश रहेका छन् । साईराम पिक्चर्सको बजार व्यवस्थापनमा अन्लाईन अडियो प्लेटफ्रोममा उक्त एल्बम रिलिज भएको हो ।


ADVERTISEMENT

# # #


एल्बममा समावेश गीतमा ओलीकै संगीत र एरेन्ज रहेको छ भने विष्णु ओली, समुद्र पाठक, सन्तोष तामाङ, गङ्गा डीसी, रमा भुजेल, भीमबहादुर खड्का लगायत गीतकार हुन् ।

कलानिधि ईन्दीरा सँगीत महाविधालयबाट शास्त्रीय संगीतमा सिनियर डिप्लोमासम्म संगीत शिक्षा लिएका ओलीले जुनियर डिप्लोमा द्वित्तीय वर्षको वि.स. २०६०,६१ कलानिधि ईन्दिरा संगीत पुरस्कार (स्वर्ण पदक) समेत प्राप्त गरेका थिए ।

रेडियो नेपालवाट सुगम संगीतमा स्वर परीक्षा उर्तिण भएकै वर्ष वि.स. २०६२ मा वातावरण संरक्षण गीत प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्न सफल भएका ओलीले राजेश पायल राई, सपना श्री, कृष्ण भत्त राइ, नरेन्द्र प्यासी, स्वरुपराज आचार्य, प्रमोद खरेल, मेलीना राई लगायतका दर्जनौँ चर्चित गायक गायिकाहरुसँग संगीत संयोजकको रुपमा काम गरिसकेका छन् ।

ओली जलवायु परिवर्तनका कारण पग्लदो हिंम श्रृखला संरक्षण सम्बन्धी संसारकै सबैभन्दा धेरै कलाकारले सबै भन्दा लामो गीत गाएर गिनिज वर्ल्ड रेर्कडमा समेत सहभागी भएका थिए ।