काठमाडौँ– नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले डा. केसी माथिको निर्णय पूर्नविचार गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


आज रिपोर्टस् क्लबमा आयोजित साक्षत्कारमा उनले गोविन्द केसीलाई आफूहरुले सम्मान गर्ने बताउँदै भने, ‘उहाँप्रति हाम्रो सम्मान, आदर मान छ, सर्वोच्च अदालतले आफ्नो निर्णय पूर्नविचार गरोस्, तर न्यायलयप्रति पनि हाम्रो सम्मान छ।’ डाक्टर केसीले जनजीवनसम्बन्धी खासगरी स्वास्थ्य र शिक्षासम्बन्धी महत्वपूर्ण मुद्दाहरुको उठान गरेको उनको भनाई थियो । उनले भने, ‘उहाँका जायज विचारलाई राज्यले सम्बोधन गर्नुपर्छ।’


ADVERTISEMENT

# # #


पछिल्लो समय अदालत र केसीवीच भएको घट्ना दुःखदायी रहेको पनि उनले सुनाए । उनले थपे,‘अदालत र केसी दुवैप्रति हाम्रो सम्मान छ, चाँडै समस्या समाधान गर्न पाईयोस्, हाम्रो कामना यही छ।’ उनले न्यायलय अभिन्न अंग भएको उल्लेख गर्दै भने, ‘कमीकमजोरी होलान तर कसैले सडकमा आएर स्टण्ट् पैदा गर्नेगरि बोल्नुहुँदैन्, न्यायलय निश्पक्ष हुन्छ, पद्धतीको रक्षा गर्ने थलो हो, न्यायलयका प्रमुखहरुले आँफै गर्नुहुन्छ, न्यायलयप्रतिको विश्वास घटेर जान दिनुहुँदैन्, तर न्यायलयको विरुद्धमा हल्का फुल्का टिप्पणी गर्नु राम्रो हुँदैन्।’