काठमाडौँ– अदालतको अपहेलना मुद्दामा पक्राउ परी सर्वोच्च अदालतमा उपस्थित गराइएका डा।गोविन्द केसीको बयान सुरू भएको छ।


ADVERTISEMENT


न्यायाधीशद्वय ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशनमा उनको बयान सुरू भएको हो।


ADVERTISEMENT

# # #


अदालतको फैसलाको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै उनीसँग बयान लिन थालिएको छ। बयानपछि सुरुमा डा.केसीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नेको पक्षबाट बहस गर्ने छन्। त्यसपछि डा.केसी पक्षका अधिवक्ताहरुले बहस गर्ने छन्। बहस सकिएपछि थुनछेक आदेश हुने छ।