काठमाडौं-नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्नेलाई पनि अदालतको मानहानी मुद्दा लगाउन चुनौती दिएका छन् ।


ADVERTISEMENT


डा. केसीलाई पक्राउ गरेको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि सहभागी भएका थिए ।


ADVERTISEMENT

# # #


प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले आफूहरुको प्रदर्शन अदालतको सम्मान बढाउन भएको बताए । विगतमा राजाविरुद्ध बोलेको अभियोगमा आफूविरुद्ध राजद्रोहको मुद्दा लागेको र बहसका क्रममा युवाहरु अदालत पुगेको स्मरण गर्दै उनले भने, ‘मेरो पक्षमा बहस गरिरहनु भएकाले सुवास नेम्वाङले श्रीमान्, एकछिन कुर्नुस्, बाहिर के नारा लागिरहेको छ सुनौं । तल नारा लाग्यो ज्ञाने चोर देश छोड । त्यसपछि सुवास नेम्वाङले भन्नुभयो, श्रीमान यदि मेरो पक्षमाथि जे बोल्यो भनेर मानहानी लागेको छ, त्यो राजद्रोह हो भने तल आएका सबै राजद्रोही हुन् । सबैलाई एकै पटक सजाय दिनुपर्छ ।’

त्यसपछि आफूहरु तारेखमा रिहा भएको स्मरण गर्दै गगनले भने, ‘आज म त्यही दिन सम्झिएर सम्मानित अदालतप्रति इज्जत गर्दै आग्रह गर्न चाहन्छु । श्रीमान, डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैैलाई त्यो मानहानी लागोस् ।’

यो एउटा व्यक्तिसँग सम्वन्धित नभएको भन्दै उनले अदालतप्रति सम्मान रहनुपर्छ भन्ने मूल्यमाथि धावा बोलिएको प्रतिरोध भएको बताए ।

उनले अघि भने, ‘यो सम्मानित अदालत कुनै कानुनको धारामा होइन, जनताको विश्वासमा अडिएको हुन्छ र जनताको विश्वास गुमाएको दिन लडखराउँछ ।’