काठमाडौं-अर्घाखाँचीको पाणिनी गाउँपालिका १ पणेना सिम्लेका कृषकले सुन्तला खेतीको बिमा गरिदिन सरकारसँग माग गरेका छन् । कहिले रोग त केहिले असीनाले सुन्तला खेती नस्ट हनथालेपछि कृषकले बिमाको माग गरेका हुन् ।


ADVERTISEMENT


विगतका वर्षमा सुन्तला बिक्रीबाट ३ करोड भित्रिने सिम्लेमा यस वर्ष असीनाले नोक्सान गरेपछि उत्पादनमा आधा घटेको छ । सुन्तला बिक्रीबाट डेढ करोड रुपैयाँ मात्र भित्रिने भएको कृषक रेवतीराज पौडेलले बताए ।


ADVERTISEMENT

# # #


सिम्लेमा मात्र ४९ जना सुन्तला खेती गर्ने कृषक छन् । तथ्यांक संकलन गर्दा असीनाले आधा उत्पादन घटेको र आम्दानी पनि ५० प्रतिशतले घटेको कृषकले बताए ।