काठमाडौं— संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक सोमबार बिहान ११ बजे संसद् भनव नयाँ बानेश्वरमा बस्नेछ ।


ADVERTISEMENT


बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।


ADVERTISEMENT

# # #


राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका लागि अथमन्त्री डा.प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमाछि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सभामुखले दुई वटा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आइतबार नेकपा एमालेलगायत विपक्षी दलले अवरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी संसद् बैठक स्थगित भएको थियो ।

एक घण्टाका लागि स्थगित बैठक पुनः बस्न नसकेपछि सोमबारका लागि सारिएको हो । सोमबारको बैठक पनि अवरुद्ध गर्ने तयारी विपक्षी दलहरूको छ ।

उनीहरूले आइतबार संसदमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्धलगायत विषयमा नाराबाजी गरेका थिए ।