काठमाडौं-झूटा विवरण दिई नागरिकता लिन र दिलाउनका लागि सहयोग गरेको अभियोगमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ  । सुनुवार थर राखेर नागरिकता लिने काठमाडौंका निशान जोशी, नागरिकता दिलाउन योजना बनाउने भुजिका हरि सुनुवार र आमा बन्ने दुनिमाया सुनुवारलाई नियन्त्रणमा लिएर शुक्रबार प्रहरीले अनुसन्धान थालेको छ ।


ADVERTISEMENT


सिफारिस दिने वडाध्यक्षलाई भने पक्राउ गरिएको छैन । जिल्लाको उमाकुण्ड गाउँपालिका ७ भुजिको ठेगाना राखेर जोशीले गत जेठ २१ गते नागरिकता लिएका थिए । नागरिकतामा निशानले सुनुवार थर राखेका थिए ।


ADVERTISEMENT

# # #


उनलाई छोरा बनाएर दुनिमायाले सनाखत गरेकी थिइन् । वडाको सिफारिस र सनाखतका आधारमा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी सीताराम थापाले नागरिकता जारी गरेका थिए । जोशीका बाबु र आमाको ठेगान भने थिएन । उनको बेलायती सेनामा भर्ती हुन तालिम लिने क्रममा धरान पुग्दा भुजिका हरि सुनुवारसँग भेट भएको थियो ।

सुनुवारले नागरिकता बनाउन योजना बनाई दुनिमायालाई छोरा स्वीकार्न लगाएका थिए । वडाध्यक्ष रुद्रमणि नेवारले उनको नागरिकताका लागि सिफारिस गरेका थिए ।

गलत विवरण पेस गरेर नागरिकता दिलाएको भन्दै स्थानीय खिपबहादुर सुनुवारले गृह मन्त्रालयमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । खिपबहादुर दुनिमायाका बहिनी–ज्वाइँ हुन् । सिफारिस दिने वडाध्यक्ष नेवारले आफूलाई नियतवश फसाएको दाबी गरेका छन् ।

मैले सिफारिस दिने बेलामा सोधेको थिएँ, निशानले १६ वर्षसम्म काठमाडौंमा नै बसेकाले चिह्न गाह्रो भएको होला भनेर भन्यो नेवारले भने, ‘शैक्षिक प्रमाणपत्र र आमाबाबुको नागरिकताका आधारमा सिफारिस गरेको हुँ । नेवार आफैंले दोषीहरूको खोजी गरेर प्रशासनमा बुझाएको बताए ।