काठमाडौं-राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभा समानुपातिक सदस्यको पुरानै नामावली निर्वाचन आयोगलाई बुझाएको छ । क्रमसँख्या तथा समावेशी समूह नमिलेको भन्दै सच्याउनका लागि आयोगले राजपा नेपाललाई पत्र पठाएको थियो । तर, राजपा नेपालले नामावलीमा कुनै संशोधन नै नगरिकन जस्ताको त्यस्तै नाम बुझाएको छ ।


ADVERTISEMENT


राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरका नेतृत्वमा गएका नेताहको टोलीले बुझाएको नामावली आयोगले बुझ्न मानेनन् । आयोगले बुझ्न नमानेपछि सो नामावली त्यतिकै छाडेर हिडेको आयोग स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


राजपा नेपालले बुझाएको नामावलीलाई के गर्ने त्यसको बारेमा आयोगले भोलि शुक्रबार कुनै निर्णय लिने स्रोतले जनाएको छ । नियमाअनुसार यदि आयोगले भनेको अनुसार नामावली पठाएन भने समानुपातिक नाम खाली जान सक्ने प्रावधान रहेको छ ।

यद्यपी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरु आयोगको नियमावली अनुसार नै नामावली बुझाएको र त्यसलाई के गर्ने त्यसको जिम्मेवारी आयोगलाई रहेको प्रतिकृया दिए । क्रमसँख्या र समावेशी समुहको आधारमा नै नामावली बुझाएको अध्यक्ष यादवले दावी गरे ।