काठमाडौं-पेट्रोलियम पदार्थको मुल्या बृद्धिको विरोध तथा समानुपातिक परिणाम तत्काल सार्वजनीक गर्न माग गर्दै सडक आन्दोलमा उत्रीएका बाम गठबन्धनका युवा तथा विद्यार्थीले प्रधानमन्त्री शेरवहादुर देउवाले तत्काल राजिनामा नदिए उनको प्रधानमन्त्रीको कुर्सी सडकमा ल्याउने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


संयुक्त युवा तथा विद्यार्थी संगठनले आर आर क्याम्पसदेखि त्रिचन्द्र क्याम्पससम्म गरेको विरोध ¥याली पछि कोणसभामा वोल्दै युवा तथा विद्यार्थीका नेताले वर्तमान सरकार तथा निर्वाचन आयोगको कडा शब्दमा विरोध गर्दै तत्काल देशलाई अग्रगामि दिशामा जानको निम्ती बाटो खोल्न सरकार तथा निर्वाचन आयोगलाई आग्रह गरेका छन् । कोण सभामा बोल्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र वस्नेतले भने ‘सरकारले २४ घण्टा भित्रमा राजिनामा नदिएमा युवा तथा विद्यार्थीले प्रधानमन्त्रीको पद देखि गलत्याएर सडकमा ल्याउने बताएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै युवा संघ नेपालका सचिव बचन सिंले प्रजातन्त्रको ‘प’ पनि नजान्ने काग्रेसले आम नेपाली जनतालाई प्रजातन्त्रको पहरेदारको रुपमा हल्ला गर्नु जनताबाट तिरस्कृत भएको बताएका छन् । त्यस्तै सचिव सिंले काग्रेसलाई देशको मायाँ नभई कुर्सीको मात्र माया रहेको बताए । त्यस्तै निर्वाचन आयोग काग्रेसको भातृ संगठन नभएकाले स्वतन्त्र निकायको रुपमा काम गर्न विनम्र अनुरोध गरेका छन् ।

युवा विद्यार्थी माथि हिजो भएको प्रहरी दमनको कडा रुपमा प्रतिकार गर्दै आगमि दिनमा पनि त्यस्तै खाले हस्तक्षेप गरे प्रहरीको वर्दि खोल्न पछि नपर्ने समेत बताएका छन् । प्रहरीलाई संकेत गर्दै युवा तथा विद्यार्थीले भने लाठी, भाला, बन्दुक जस्ता कुराहरु चलाउन आउने र प्रहरीले दमन गरीरहे प्रहरीको लाठी तथा वन्दुक खोसी प्रहरीलाई नै त्यो हतियार चलाउन बाध्य पार्ने काम नगर्न समेत प्रहरीलाई चेतावनी दिएका छन् ।