काठमाडौँ– लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रे जिल्लाको भकुण्डेबेसीमा शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


संस्थाले नयाँ वर्षको उपलक्षमा आज ५४औ शाखाको विधिवत रुपमा शुभारम्भ गरेको हो । अधिकृत पूजी रु.४० करोड तथा चुक्ता पूंजी रु.२४.२० करोड रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो । संस्थाले विपन्न वर्गको जीवस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य लिएको छ ।


ADVERTISEMENT

# # #


यस वित्तीय संस्थाका संचालक समितीका अध्यक्ष श्री अजय विक्रम शाहज्यूले प्रथम कर्जा वितरण कार्यक्रममा ६ जनालाई कर्जा प्रवाह गरी कारोवार शुभारम्भ गरेका थिए । संस्थाको केन्द्रीय कार्यलय काठमाण्डौंमा रहेको छ ।

हाल संस्थामा ६१ हजार भन्दा बढी सदस्यहरु आवद्ध रहेका छन ती सदस्यहरुबाट रु ७६ करोड बचत संकलन तथा रु २ अर्ब ४० करोड लगानीमा रहीरहेको कर्जा रहेको छ । यस संस्थाले ३९ वटा जिल्लाहरुमा आफ्नो शाखा बिस्तार गरेको छ ।