बुटवल— तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत प्रतिकूल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको हो ।


ADVERTISEMENT


प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार  सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले गुट्खा बिक्रीमा प्रतिबन्ध लगाउँदै गुट्खा बिक्री गर्नेलाई जरिवानासमेत तोकिएको छ ।


ADVERTISEMENT

# # #


उनका अनुसार नगरपालिकाभित्र गुट्खा बिक्री गरेको पाइएमा पहिलोपटक डिलर व्यवसायीलाई १० हजार, दोस्रोपटक बिक्री गरेको भेटिएमा २० हजार, तेस्रोपटक भेटिएमा ५० हजार जरिवाना तोकेको छ ।

अन्य व्यवसायीलाई पहिलोपटक कारबाही स्वरुप १ हजार पाँच सय, दोस्रोपटक तीन हजार र तेस्रोपटक ५ हजार जरिवाना तोक्ने निर्णय भएको प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।