काठमाडौं-झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको अध्ययन गर्न चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरु दमक पुगेका छन् ।


ADVERTISEMENT


‘चीन नेपाल यू ई इन्डस्ट्रियल पार्क’ निर्माणको समझदारीपत्र (एमओयू) बारे छलफलका लागि ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको १२ सदस्यीय अध्ययन टोलीदमक पुगेको हो ।


ADVERTISEMENT

# # #


गत सोमबार काठमाडौं आईपुगेको सो टोलीले आज दमक नगरपालिका १० मा प्रस्तावित औद्योगिक क्षेत्रको स्थलगत अध्ययन गरी थप छलफल गर्नेछ । दमकमा २२ सय बिघा क्षेत्रफलमा चीनले औद्योगिक पार्क निर्माण गरिदिने प्रारम्भिक समझदारी भइसकेको छ ।

आजको स्थलगत अध्ययन तथा अवलोकनपछि त्यहाँ स्थापना गर्न सकिने उद्योग, भौतिक पूर्वाधार विकास लगायत विषयमा बृहत छलफल हुने इन्डस्ट्रिज पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिएका छन् ।