काठमाडौं-माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यस पटक जनताको चयनमा आफू नपरेको बताएका छन् । निर्वाचनको समिक्षा गर्न गोरखा आएका गोरखा २ का प्रतिनिधिसभा उम्मेदवार श्रेष्ठले मतदाताहरुलाई धन्यवाद दिए । ‘मैले हारे पनि देशैभर वामपन्थीको शानदार विजय भएको छ,’ उनले भने, ‘यसले सामाजिक र आर्थिक रुपान्तरणमा लैजाने आधार मिलेको छ ।’


ADVERTISEMENT


पार्टीबाटै असहयोग भयो भन्ने पनि छ नि ? भन्ने प्रश्नमा उनले त्यो सबै हल्ला मात्र भएको बताए । ‘अध्यक्षले नै असहयोग गर्नुभयो भन्ने हल्ला पनि चलाए तर त्यस्तो होइन,’ श्रेष्ठले भने, ‘सबैले सहयोग गर्नुभएको छ, म उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छु ।’ निर्वाचनको बारेमा थप समिक्षा भइरहेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


माओवादी नेता श्रेष्ठले एमाले र माओवादीको पार्टी एकतालाई चाँडो टुंगोमा पुर्‍याउने बताए । ‘सरकार गठन अघि पार्टी एकता हुन सके राम्रो भनेर हामी जुटिरहेका छौं,’ उनले भने ।