काठमाडौं-नियुक्त भएको तीन महिना बिते पनि दुई दर्जन मन्त्रीले सम्पत्ति विवरण बुझाएका छैनन् । उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐनलाई ठाडो चुनौती दिएका हुन् ।


ADVERTISEMENT


उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापासहित सात मन्त्री र १४ राज्यमन्त्रीले आफ्नै मन्त्रिपरिषद्को निर्णय र भ्रष्टाचार निवारण ऐन अवज्ञा गर्दै विवरण बुझाउन आनाकानी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा केही समयअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


६४ मन्त्रीमध्ये २४ जनाले सम्पत्ति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयको वेबसाइटमा पनि ४० मन्त्रीले मात्रै विवरण बुझाएको उल्लेख छ ।-आजको अन्नपुर्ण पोष्टबाट