बनेपा– काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण गरेका छन् । भूकम्पका कारण जिल्लामा ७२ हजार ४ सय १७ घरमा क्षति भएको थियो । पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले अझै भूकम्प पीडितको दुई हजार निवेदन अध्ययनका क्रममा रहेको जानकारी दिए ।


ADVERTISEMENT


पीडितले बनाइसकेका घर भूकम्प प्रतिरोधी छन् वा छैनन् त्यसको पनि अध्ययन भइरहेको छ उनले भने । प्रमुख गैडाले काभ्रेपलाञ्चोकको भूकम्प पीडितका लागि आएको रु दुई अर्ब ५० करोडमध्ये चालु आवको भदौदेखि मंसिरसम्म चार महिनामा रु ७६ करोड ३० लाख खर्च भएको जानकारी दिँदै यो खर्च अझै बढ्दै जाने उनले बताए ।


ADVERTISEMENT

# # #


जिल्लाको मण्डनदेउपुर नगरपालिकाको चण्डेनीमण्डन, सापिङ, उग्रचण्डीनाला, बनेपाको रविओप, पनौतीको कुशादेवी, पनौतीकै बल्थली, पाँचखाल लगायतका क्षेत्रमा पुनः निर्माण भएको बताइएको छ । पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका अनुसार ७२ हजार ४ सय १७ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ६५ हजार ७ सय ७३ छन ।

त्यसमध्ये प्रथम किस्ता बापतको राहत रकम पाउने ६५ हजार ७ सय ७३, दोस्रो किस्ता बापतको राहत रकम पाउने नौ हजार ३ सय १८ र तेस्रो किस्ता बापतको राहत रकम पाउने दुई हजार ९ सय ०५ रहेका छन् ।

प्रमुख गैडाले पानीको समस्या, काठको समस्या र दक्ष कामदारको अभावले पनि पुनः निर्माण प्राभावित भएको बताए ।