काठमाडौँ – निर्वाचन आयोगले उदयपुर क्षेत्र नं. १ को मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ । आयोगले हिजोदेखि रोकिएको मतगणना कार्यलाई अघि बढाउन सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।


ADVERTISEMENT


प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना रोकिएको थियो । उदयपुर क्षेत्र नं. १मा सत्ता गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका डा. नारायण खड्का र नेकपा एमालेकी मन्जुकुमारी चौधरीबीच प्रमुख प्रतिस्पर्धा भइरहेको छ ।


ADVERTISEMENT

# # #


मतगणना रोकिनुअघि खड्काले २७ हजार ४८४ मतसहित अग्रता लिएका छन् भने चौधरीले २५ हजार ६५९ मतसहित पच्छ्याइरहेकी छन् ।