काठमाडौं – मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचन आउनेक्रम अन्तिम चरणमा पुगेको छ। हालसम्म अधिकांश स्थानको नतिजा सार्वजनिक भएको छ।


ADVERTISEMENT


अझै पनि १४ क्षेत्रमा मतगणना चलिरहेको छ। मंसिर ४ गते मतदान हुन नसकेको र विवादका कारण मतगणना नभई रोकिएका क्षेत्रबाहेक १४८ क्षेत्रमा नजिता सार्वजनिक भएको छ।


ADVERTISEMENT

# # #


अहिले स्याङ्जा, बाजुरा र दोलखामा विवादका कारण रोकिएको छ। स्याङ्जामा मतगणनामा विवाद छ भने दोलखा र बाजुरामा मतदान रोकिएका कारण मतगणना हुन सकेको छैन।

बाँकी १४ क्षेत्रको मत गणना सम्पन्न भएमा १६२ क्षेत्रको नजिता आउने छ। हालसम्म सार्वजनिक भएको परिणाम अुनसार नेपाली कांग्रेस पहिलो स्थानमा छ।

कांग्रेसले ५१ सिट जितेको छ भने ६ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै नेकपा एमालेले ३८ स्थानमा जितेको छ भने ३ स्थानमा अग्रता कायम गरिरहेको छ।

त्यस्तै माओवादी केन्द्रले १६ स्थानमा जित हात पारेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ। एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पारेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ।

त्यस्तै राप्रपाले ७ स्थानमा जित हात पारेको छ । त्यस्तै जसपाले ५ स्थानमा जितेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ।

कांग्रेसको अग्रता
उदयपुर–१ नारायण खड्का
मोरङ–१ डिगबहादुर लिम्बू
सुनसरी–४ ज्ञानेन्द्रबहादुर कार्की
धनुषा–४ महेन्द्र यादव
रामेछाप–१ पूर्णबहादुर तामाङ
एमाले अग्रता
इलाम–१ महेश बस्नेत
सुनसरी–१ भीमप्रसाद आचार्य
सुनसरी–२ भगवती चौधरी

माओवादी केन्द्र
महोत्तरी–१ गिरिराजमणि पोखरेल
सर्लाही–२ महिन्द्र राय यादव
स्वतन्त्र
सुनसरी–१ गोमा तामाङ
जसपा
धनुषा–१ दीपक कार्की
राप्रपा
रुपन्देही–२ दीपक बोहरा