स्याङ्जा – स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी भएका छन् । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गरेका छन् । थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गरेका छन् ।


ADVERTISEMENT


थापाले ३१ हजार नौ सय ९९ मत पाउँदा उनका प्रतिस्पर्धी मरासिनीले २८ हजार सात सय ४४ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले छ हजार ६५ मत प्राप्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


थापा र मरासिनीबीच तेस्रो पटक प्रतिस्पर्धा भएको हो । स्याङ्जा क्षेत्र नं। १ मा २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका थापा विजयी भएका थिए । विसं २०७४ को निर्वाचनमा एमाले नेता मरासिनी विजयी भएका थिए । स्याङ्जा–१ ९१० मा नेकपा एमालेका सुधीरकुमार पौडेल विजयी भएका छन् । १ ९२० मा नेकपा एमालेकै सीता सुन्दास विजयी भएकी छन् ।