काठमाडौँ, – मंगलम इण्डष्ट्रिज प्रा. लि. आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वर विभागबाट सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित एक समारोहको अवसरमा औद्योगिक उत्पादन क्षेत्रबाट सर्वाधिक आयकर बुझाएको भन्दै विभागले इण्डष्ट्रिजलाई सम्मान गरेको हो ।


ADVERTISEMENT


उक्त सम्मानपत्र कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवाल र निर्देशक, सशी चुरिवालले ग्रहण गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चुरिवालले स्वदेशी उत्पादनमार्फत देशको अर्थतन्त्रमा योगदान पु¥याएर सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताए । ‘देशको हितमा यस्तो शुभ कार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहन मिलेको छ’, उनले भने, ‘साथै, यस यात्राको क्रममा हामीसंग हातमा हात मिलाई ,काँधमा काँध मिलाई अघि बढ्न साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौ ं।’


ADVERTISEMENT

# # #


मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङ्स सम्बन्धी सम्पूर्ण सामाग्रीहरु उत्पादन गर्दै आएको छ । यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरूको नेपालको अग्रणी निर्माता हो ।