सिरहा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसंग घुस लिएको आरोपमा एक इन्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । यो समाचार श्याम ठाकुरद्वारा सिरहाबाट प्राप्त भएको हो ।
जिल्ला प्राविधिक कार्यालय सिरहामा कार्यरत इन्जिनियर रामबहादुर यादवलाई रंगेहात अख्तियार टोलिले पक्राउ गरेको हो ।
रामजानकी कन्ट्रक्शन दर्ताको लागि सिफारिस पाउंन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय सिरहामा निवेदन दिएपनि ईन्जिनियर यादवले सिफारिस नदिई पटकपटक कार्यालय बोलाएर अल्झाउने गरेका थिए ।
सिफारिस वापत रकम दिनुपर्ने भन्दै इन्जिनियर यादवको अडान राखेका थिए । कार्यालयमा घुस लिन नमिल्ने भन्दै रामजानकी कन्ट्रक्शनका प्रोपराइटरपक्षले लहानको महावीर मिष्ठान भण्डारमा बोलाएका थिए ।
आठ हजार रुपैयां इन्जिनियर रामबहादुर यादवलाई दिने क्रममा ईटहरि अख्तियार टोलीले पक्राउ गरेको एसपि कृष्णसिंह थापाले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय लहानले कन्ट्रक्शन दर्ताको लागि जिल्ला प्राविधिक कार्यालय सिरहाको सिफारिस माग गरिएको थियो ।
पक्राउ परेका यादवलाई विशेष अनुसान्धानको लागि अख्तियार आयोग इटहरी लगिएको छ ।