काठमाडौँ–  सरकारले सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजी भइरहेको बताएको छ । चुनावबाट बहुमत पाएको वाम गठबन्धनले राष्ट्रियसभालाई लिएर सत्ता लम्ब्याउन खोजेको आरोप लगाएपछि सरकारले पत्रकार सम्मेलन नै गरेर खण्डन गरेको छ ।


ADVERTISEMENT


सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभा निर्वाचन सम्वन्धी अध्योदश जारी गर्न आग्रह गरे ।सरकारले झण्डै दुई महिना अघि अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । तर, एमाले र माओवादीले विरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


मन्त्री बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए । तर, केही दलका नेताहरुबाट आशंकित अभिव्यक्ति आउनु दुःखद भएको बताए ।

अहिलेसम्म समानुपातिकतर्फ कुन दलले कति सिट पायो भन्नेसम्म निर्वाचन आयोगले भन्न बाँकी रहेको भन्दै उनले राष्ट्रियसभा कानुन नभई अघि बढ्न नसक्ने बताए । उनले अघि भने, ‘सरकार कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहँदैन । संवैधानिक कानुनी विधिबाट सत्ता हस्तान्तरण गर्न खोजेको हो ।’

साथै उनले यो सरकार रहँदासम्म नियुक्ति तथा सरुवा बढुवाका काम नरोकिने बताए ।

विगतमा पटकपटक तेस्रो दलको नेतृत्वमा सरकार बनेको स्मरण गराउँदै कांग्रेस नेता समेत रहेका बस्नेतले साथै अहिले नै कसको सरकार बन्छ भन्न नसकिने बताए ।