चितवन – चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । उनले २३३१ मत ल्याएका छन् ।  मंगलबार बिहान साढे ६ बजेसम्म आइपुग्दा घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लेका छन्।


ADVERTISEMENT


मतगणना सुरू भएदेखि लगातार तेस्रो स्थानमा रहँदै आएका लामिछाने नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिन्दै दोस्रो स्थानमा पुगेका हुन्।


ADVERTISEMENT

# # #


अहिलेसम्म ७०४१ मत गन्दा रवि लामिछानेले २२२७ मत ल्याएका छन् भने उमेश श्रेष्ठको मत २०३६ मत छ।