भक्तपुर – भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ ।


ADVERTISEMENT


मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै राखेको हो ।


ADVERTISEMENT

# # #


गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दूर्लभ थापाले एमालेका महेश बस्नेतलाई ४३२ मतान्तरले अग्रता लिँदै ४ हजार ११३ मत पाएका छन् । एमाले ३ हजार ६८१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८७०, राष्ट्रियता प्रजातन्त्र पार्टीले ४५० र नेपाल मजदुर किसान पार्टीले४५० मत प्राप्त गरेको छ । मतगणना जारी छ । प्रदेशसभा र समानुपातिकको मतगणना पनि सुरु भएको छ ।

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिका वडा नं १ को मतगणनाका क्रममा उनले अग्रता लिएका हुन् ।

यस क्षेत्रमा १ हजार ३११ मतगणना हुँदा खड्काले ३५९, एमालेका नवराज गेलालले ३५६, नेमकिपाका प्रेम सुवालले २९२ र माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत प्राप्त गरेका छन् ।