काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको निर्वाचनले मुलुकलाई स्थायित्वतर्फ लैजाने बताएका छन् ।


ADVERTISEMENT


रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि पौडेलले निर्वाचनले मुलुकलाई समृद्धितर्फ लैजाने बताएका हुन् ।


ADVERTISEMENT

# # #


विगतका तीता मिठा कुराहरुलाई बिर्सेर यो निर्वाचनले मुलुकलाई समृद्धि र विकासको बाटोमा लैजाने उनले जनाए । उनले मतदानमा जनताको उत्साहपूर्ण सहभागिता रहेको उनको भनाई छ ।

पौडेलले बिहान साढे १० बजे मतदान गरिसकेका छन् ।