काठमाडौं-म्याजिक चप्पल उद्योगको विराटनगर महानगरपालिका ४ स्थित निर्माणाधीन पर्खाल भत्किदा एकजना कामदारको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।


ADVERTISEMENT


भवनको पर्खालले थिचिएर सुनसरीको पूर्वकुसाहाकी ४५ वर्षीया कलावतीदेवी चौधरीको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी सुनसरी दुहबीका रमेश मण्डल र वीरनारायण चौधरी तथा विराटनगर ४ का रतन माझी घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #