काठमाडौँ – नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधी हात पारेको छ । शुक्रबार ढाकास्थित बीएसएसएसएमके स्टेडियममा घरेलू टोली बंगलादेशसँग बराबरी खेल्दै नेपालले उपाधी कब्जा गरेको हो ।


ADVERTISEMENT


नेपालको जितका लागि सुशिला केसीले खेलको १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । तर, ५४ औं मिनेटमा बंगलादेशका लागि रुमा अख्तरले गोल गरेपछि नेपाल बराबरीको अवस्थामा पुग्यो । खेलको अन्तिम समयमा नेपालले पेनाल्टी रोक्दै उपाधि जितेको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा नेपालसहित बंगलादेश र भुटान थिए । ‘डबल राउन्ड रोबिन फर्म्र्याटमा खेलाइएको प्रतियोगिताको अन्तिम खेल बराबरीसँगै नेपालले ४ खेलमा १० अंकका साथ उपाधि जितेको हो । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ७–० गोलले, दोस्रो खेलमा बंगलादेशलाई १–० गोलले र तेस्रो खेलमा भुटानलाई १–० गोलले हराएको थियो ।

यता बंगलादेशले ४ खेलमा २ जित, १ हार र १ बराबरी खेल्दै ७ अंकका साथ दोस्रो बन्यो । भुटान भने सबै खेलमा पराजित भयो ।