काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार उदयपुरको बेल्टारमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दै गएको र सत्ता गठबन्धनले विदेशीलाई सजिलो हुने सरकार बनाउछु भन्दै हिँडेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


अहिले नेपालमा प्रधानमन्त्री वा मन्त्रीहरुको हुने भन्ने पनि विदेशीले तय गर्न थालेको उनको भनाई छ । उनले मुलुकमा देखिएको बेथिति, विकृति र विसंगतीको विकल्प बनेर राप्रपा आएको दाबी गरे । लिङ्देनले अहिलेको व्यवस्था नै असफल भएकाले राप्रपाले व्यवस्था परिवर्तनको एजेण्डालाई प्राथमिकतामा रहेको बताए ।

त्यस्तै उनले सुकुम्बासी समस्या समाधानका मुद्धालाई चुनावमा भोट् बटुल्ने औजार बनाउन नहुने जिकिर गरे । चुनावी दौहाडामा निस्कनुभएका लिङ्देनले बिहीबार सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, मकवानपुर लगाएतका स्थानमा आयोजित चुनावी सभामा सम्बोधन गरेका थिए ।