काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको नेतृत्व गर्न आफू तयारीमा लागेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार सिन्धुपाल्चोकका मतदाताहरुसंगको भेटघाट कार्यक्रममा थापाले आगामी निर्वाचनमा बिजयी भएपछि प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा दावेदारी प्रस्तुत गर्ने बताए।


ADVERTISEMENT

# # #


अब मुलुक चलाउने जिम्मेवारी युवाहरुलाई दिनुपर्ने भन्दै त्यसको सुरुवात आफैले गर्ने उनको भनाई छ । थापाले आगामी निर्वाचनबाट सांसद भइसकेपछि संसदीय चुनाव लड्छु भन्नु आफ्नो अहंकार नभएको बताए । अब शीर्ष नेताहरुलाई पछाडीको सिटमा राखेर स्टेरिङ समात्न आफू तयार रहेको उनले बताए ।

त्यस्तै थापाले संघ र प्रदेशको निर्वाचन गठबन्धनले जित्ने भन्दै त्यसपछिको कार्यभार सफलताका साथ पुरा गर्नका लागि तयार हुनुपर्ने धारणा राखे ।

यसअघिको पाँच वर्ष एउटा व्यक्तिको अहंकारका कारण असफल भएकाले अवको पाँच वर्ष स्थिरता र परिणाममुखी हुनुपर्ने थापाको भनाई छ ।